ताजा समाचार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस नेता कमलबहादुर शाहको दाबी पेश

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन्।

प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरे सँगै नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता शाहले दावी पेश गरेका हुन् ।

केन्द्रमा नेकपा नेकपा एमाले र नेपाली कांग्रेसबिच नयाँ सत्ता गठबन्धन बने पछि सात वटै प्रदेशमा त्यसको प्रभाव परेको छ । जसअनुसार प्रदेशहरुमा सरकार परिवर्तन हुने क्रम जारी छ।

शुक्रवार एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले विश्वासको मत प्राप्त नगरेपछि आजै प्रदेश प्रमुख मियाँ समक्ष राजीनामा पत्र बुझाएका थिए ।

त्यस्तै प्रदेश प्रमुख नजिर मियाले आइतवार साँझसम्मका लागि सरकार गठनका लागि समय तोकेका थिए। जस अनुसार शाहले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा कांग्रेसको १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org