ताजा समाचार

टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदीकाे श्रावणमै ‘दशैं अफर’, पुराना गाडीसँग इभी साट्न सकिने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले श्रावणमै दशै अफर कार्यक्रम आयोजना गर्न लागेको छ । अफर कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुममा यही श्रावण २५ देखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरू प्राप्त गर्न सकिनेछ ।

साथै, ‘श्रावणमै दशै’ कार्यक्रममा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org