ताजा समाचार

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org