ताजा समाचार

दक्षिणी खान क्षेत्र खाली गर्न इजरायल सरकारकाे आदेश, हजारौँ प्यालेस्टाइनी भाग्न बाध्य

काठमाडौं । इजरायलले दक्षिणी गाजामा रहेको खान युनिसको थप क्षेत्र खाली गर्न नयाँ आदेशसहितको सूचना निकालेको छ । इजरायल र हमासबीच चलिरहेको युद्धका क्रममा निकालिएको यो नयाँ आदेशका कारण हजारौँ प्यालेस्टाइनीहरू त्यहाँबाट भाग्न बाध्य हुने बीबीसीले जनाएको छ ।

प्यालेस्टिनीहरु गाजा शहरको मध्य, पूर्वी र पश्चिमी भागमा बसोबास गरिरहेका छन् । इजरायलले यी क्षेत्रमा निरन्तर आक्रमण गरिरहने भन्दै त्यहाँका बासिन्दालाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान भनेको हो ।

यसअघि नै गाजाका २० लाखभन्दा बढी मानिसहरु विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अस्ति शनिवार मात्र प्यालेस्टिनीहरूले शरण लिएका गाजाको एक विद्यालयमा आक्रमण हुँदा धेरैले ज्यान गुमाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org