३४ अंकले घट्यो नेप्से, २८ अर्बमाथिको कारोबार
काठमाडौं । भदौ महिनाको पहिलो कारोबारको दिन शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से ३४ दशमलव ४७ अंकले घटेर २९६६ को विन्दुमा पुगेको छ । साउन महिनाको अन्तिम कारोबारको दिन भने ३ हजार विन्दुमा रहेको थियो ।
आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । आज ३ सय ३० कम्पनीका ६ करोड ५४ लाख कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाखको कारोबार भएको छ । आज आज वाणिज्य बैंक समूहको शेयर सर्वाधिक ०.८४ प्रतिशतले बढेको छ ।
यस्तै जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा कम्पनीको सामान्य बढेको छ भने अन्य सबै समूहको शेयर घटेको छ । सबैभन्दा बढी घट्नेमा होटल एण्ड टुरिजम रहेको छ । यसको शेयर ४.४९ प्रतिशतले घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।
Comments
अरु समाचार
-
दक्षिणकालीको टाटेसिमी र अकबरे खुर्सानी कतारमा
काठमाडौं । उपत्यकाको कम बजेट भएको र उद्योगधन्दासमेत खासै नभएको नगरपालिकामा गनिने दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
मानसरोवर कैलाश जाने धार्मिकयात्रीको सङ्ख्या बढ्दो
रसुवा । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी...
-
सार्की समुदायकाे जुत्ता सिलाउने पुर्ख्याैली पेसा जोगाउन सास्ती
कञ्चनपुर : कञ्चनपुरको झलारी बजार छेउको सडकमा बसेर फाटेका जुत्ता, चप्पल सिउने, चम्काउने काम गर्दै आउनुभएका ६६ वर्षीय डम्बर सार्कीको...
-
वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक १२ अर्ब बराबरको कारोबार गरेको तथ्यांक
काठमाडौं । वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार गर्दै आएको तथ्यांक सार्वजनिक गरिएको छ । चर्चित...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुबाट घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य...
-
विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति हुँदै
काठमाडौं । विश्व बैंकको अनुदान सहयोगमा तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन्। गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ...
-
मकवानपुरमा एकै वर्ष ६१० उद्योग किन बन्द भए ?
बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०र८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य...