ताजा समाचार

केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । बिहीबार राति परेको भारी वर्षापछि रुद्रप्रयागमा पर्ने फाटा हेलिप्याड नजिकै गएको पहिरोमा परेर चार नेपालीको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमहरूले जिल्ला आपदा प्रबन्धन अधिकारी नन्दनसिंह रजवारले बिहीबार राति झन्डै साढे १ बजे भारी वर्ष हुँदा फाटा हेलिप्याडनजिकै चार जनाको पहिरोले पुरिएर मृत्यु भएको समाचार प्रकाशित गरेका छन् । रजवारका अनुसार चार जनाको शव पहिरोबाट बाहिर निकालेर रुद्रप्रयाग लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org