ताजा समाचार

पाकिस्तानमा प्रहरीमाथि भएको रकेट आक्रमणमा १२ जनाको मृत्यु

इस्लामावाद । मध्यपाकिस्तानमा बिहीबार प्रहरीमाथि भएको रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको प्रहरीले शुक्रबार जनाएको छ ।दक्षिणी सिन्ध र मध्य पञ्जाब प्रान्तका नदी किनारमा दशकौँदेखि सङ्गठित आपराधका गिरोहहरू सक्रिय छन् ।

“आक्रमणमा कम्तीमा बाह्र जना प्रहरी मारिएका छन् भने अन्य आठ जना घाइते भएका छन्,” प्रहरी प्रवक्ता सैफ अली वेन्सले बताउनुभयो । पञ्जाब प्रान्तको रहिम यार खान जिल्ला हुँदै बिहीबार साँझ करिब २२ जना प्रहरी सवार दुईवटा प्रहरी गाडीहरू यात्रा गरिरहेका थिए जसमध्ये एउटा भ्यान बाढीमा फसेको हो ।

अपराधिक गिरोहले फसेका अधिकारीहरूलाई लक्षित गरी रकेट आक्रमण गरेको वेन्सले बताउनुभयो । आक्रमणको मुख्य अपराधी रातको कारबाहीमा मारिएको शुक्रबार प्रहरीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

“अपराधीहरूको पहिचान नभएसम्म अभियान जारी रहनेछ,” विज्ञप्तिमा भनिएको छ ।सेनाले सन् १९९० को दशकको सुरुमा सिन्धमा आपराधिक गिरोहविरुद्ध सशक्त कारबाही सुरु गरÞेको थियो । तर त्यसपछिको सरकारले प्रान्तमा कानुन र व्यवस्था कायम गर्न असफल भएपछि उनीहरू फेरी सक्रिय भएका छन् । प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणकारी विरुद्ध ‘तत्काल र प्रभावकारी कारबाही’ गर्न आदेश दिनुभएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org