ताजा समाचार

कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, वर्षा क्रमश: कम हुँदै जाने

काठमाण्डौ । गएको मङ्गलवारदेखि परेको भदौरे झरी आजदेखि मत्थर हुने भएको छ । गएरातिदेखि नै देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको र आज पनि झरीको सम्भावना नरहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

मनसुन सक्रिय रहेको बेलामा बदली र वर्षाको सम्भावना रहे पनि झरी पर्ने सम्भावना कम भएको हो । आज दिउँसो पनि कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । तर झरी पर्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो ।

भरे रातिदेखि भने देशका धेरैजसो ठाउँमा मौसम खुल्नेछ । भोलिदेखि दिउँसो घाम लाग्ने सम्भावना छ । पूर्वतर्फ अझै पनि मनसुनी न्यून चापीय रेखा सरदर भन्दा थोरै नेपालतर्फ नै रहेकोले केही ठाउँमा बदली र वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org