ताजा समाचार

थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्कीलाई इन्टरनेशनल अवार्ड

बैंकक । थाइल्याण्डका सफल युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व थाई नेपाली संघका पूर्वअध्यक्ष कुमार कार्की एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२४ बाट सम्मानित भएका छन्।

शैली मिडिया नेटवर्क प्रालिको आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ अन्तर्गत एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेत,आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ लगाएतको बिशिस्ट महानुभावको उपस्थितिमा अन्तर्राष्ट्रिय शिक्षा सेवी सम्मान बाट कार्की सम्मानित भएका हुन ।

सम्मानित कार्की म्यानमारमा जन्मिएर थाइल्याण्डलाई कर्मभूमि बनाई विगत लामो समयदेखि थाइल्याण्डमा विभिन्न पेशा गरेर वसिरहेका छन् ।आफूलाई नेपाली भन्न पाउँदा गर्व गर्दै पितृको देश नेपाल नेपाली भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय छन।

चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्व कार्कीको नेपालमा महाविनाशकारी भूकम्पको समयमा राहत,पून उद्दार र पूर्न निर्माणको काम गर्ने जस्ता मानवीय कार्यमा समेत उच्च योगदानको रहेको थियोे ।

कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org