ताजा समाचार

आईसीसी विश्वकप लिग–२ : नेपालले पहिलो अभ्यास खेल आज श्रीलंकासँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारी गर्न श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दैछ ।

श्रीलंकाको डेभलपमेन्ट टोलीसँग खेल्ने तीन एकदिवसीय अन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार आज बिहान सवा १० बजे सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले बाँकी खेल मध्ये दोस्रो खेल बुधबार र अन्तिम खेल बिहीबार खेल्नेछ ।

यसअघि दोस्रो खेल बिहीबार र तेस्रो तथा अन्तिम खेल शनिवार हुने तय भएकोमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ती निकालेर खेलतालिका परिवर्तन भएको जानकारी दिएको हो ।

यस अभ्यास खेल पछि नेपाली टोली क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ । नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org