ताजा समाचार

एन्फाले साफ यु–२० च्याम्पियनसिपका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग ४–१ ले पराजित भएको थियो ।
एन्फाले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । यस्तै, कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ । जसले कुल आम्दानीको २० प्रतिशत अर्थात् १५ हजार ४० रुपैयाँ थप खेलाडीले प्राप्त गर्नेछन् ।

प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, सहायक प्रशिक्षक ससेन्द्र धिमाल र राजु सिंह महर्जनले जनही २५ रुपैयाँ हजार प्राप्त गरेका छन् । टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीले पनि २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org