नेप्से परिसूचकमा उच्च अंकको गिरावट
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक आज ९०.७३ अंकले घटेको हो। उक्त अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको बराबरको मात्रै कारोबार भएको हो। आज ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशतले घटेका छन् ।
बजार घट्दा पनि ५ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
Comments
अरु समाचार
-
६ दिन पछि आज बल्ल बढ्यो सेयर बजार परिसूचक
काठमाडौं । गत सातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.१०...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
लहानमा २ करोड २९ लाखको आधुनिक तरकारी बजार बन्ने
काठमाडौं । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ...
-
आज सुनको मूल्यमा उच्च गिरावट
काठमाडौं । आज सोमबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि...
-
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा सुनाउँदा हेटौँडाका...
-
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । आज आईतबार कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
पूर्वाधार बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
काठमाडौं । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्षमा थपिएका...
-
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो। बिहीबार प्रतितोला...