ताजा समाचार

आईसीसी क्रिकेट लिग-२: पहिलो खेल नेपालले क्यानडासँग खेल्ने

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको दोस्रो सिरिजको पहिलो खेल नेपालले क्यानडासँग खेल्ने भएको छ । आगामी सेप्टेम्बर देखी क्यानडामा आयोजना हुन गईरहेको खेलको तालिका सार्वजनिक भएसँगै नेपालको पहिलो खेल क्यानडासँग हुने पक्का भएको हो ।

आईसीसीले यही भदौं ३१ (सेप्टेम्बर १६) देखि सुरु हुने गरी नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिका अनुसार, भदौं ३१ गते नेपालले क्यानडासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ। असोज २ गते नेपालले ओमानसँग, असोज ६ गते पुनः क्यानडासँग र असोज ८ गते ओमानसँग खेल्नेछ । सबै खेल राति पौने ८ बजे क्यानडाको ओन्टेरियोमा हुनेछ ।

क्यानडा भ्रमणका क्रममा नेपालले लिग २ का खेलपछि त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा प्रतिस्पर्धा गर्नेछ । सिरिज अन्तर्गत नेपालले क्यानडासँग असोज १२ र १५ गते तथा ओमानसँग असोज १३ र १६ गते प्रतिस्पर्धा गर्नेछ । सबै खेल ओन्टेरियोमा राति पौने १० बजे सुरु हुनेछ ।

नेपालले लिग-२ को आफ्नो पहिलो सिरिज घरेलु मैदानमा खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र निकालेको थियो । बाँकी तीन खेलमा पराजय भएको थियो । तेस्रो सिरिज नेपालले आगामी अक्टोबरमा अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ । उक्त सिरिज अमेरिकामा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org