साफ च्याम्पियनसिप : आज नेपाल र भारतबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदै
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल आज हुँदैछन् । सेमिफाईनलमा आज बङ्गलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे सुरु हुने खेलमा साविक विजेता बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो सेमिफाइनमा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।
समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् । समूह चरणमा श्रीलंकालाई हराएर नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
समुहचरणमा विगतको भन्दा उत्कृष्ट प्रर्दशन गरेको भुटानले बंगलादेश तथा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतको सामना गर्दैछ । विगतमा छ पटक आम्नेसम्ने भएका नेपाल भारत मध्ये भारतले पाँच तथा नेपालले एक खेल मात्र जितेको छ ।
गत संस्करणको सेमिफाईनलमा भारतलाई १–० गोल अन्तरले पराजित गरेर फाईनल यात्रा तय गरेको नेपालले यस संस्करणमा त्यसलाई दोहोर्याउने मनस्थीतिमा छ ।
तुलनात्मक रुपमा बलियो मानिएको भारत नेपाललाई हराउँदै फाइनल यात्रा तय गर्न चाहान्छ । घरेलु मैदान र घरेलु सर्मथकको फाईदा उठाउँदै नेपाल फाईनल यात्रा तय गर्ने तरखरमा छ ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












