जुवा खेलेको आरोपमा २८ जनालाई प्रहरीले पक्राउ
काठमाडौं । कैलालीमा जुवा र कौडा खेलेको आरोपमा २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए । उनीहरूको साथबाट ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बोहोराले बताए । यस्तै, कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ ।
गौरीगंगा नगरपालिका–१ को गोप्कामा भैरव चन्दले सञ्चालन गरेको रोयल फेमली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको डीएसपी बोहोराले बताए । उनीहरूको साथबाट ६ थान कौडा, ७९ हजार ९११ रूपैयाँ नगद र १८ वटा मोबाइल बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु
काठमाडौं । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत्...
-
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त...
-
काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
काठमाडौं । काठमाडौंको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै...
-
चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहेका रास्वपा सभापती रवि लामिछनेको चितवनमा बयान जारी रहँदा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप...
-
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल...
-
जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : महासचिव पोख्रेल
काठमाडौं। नेकपा एमालेले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएको छ । एमालेका महासचिव शंकर पोख्रेलले ‘उपचुनावको परिणाम...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
काठमाडौं महानगरद्वारा तीन जना बालबालिकाको उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ । महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै...
-
बीआरआईबाट नेपालले लाभ लिन्छः प्रधानमन्त्री ओली
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन्...