रुपन्देहीमा राजश्व अनुसन्धान टोलीमाथि तस्करद्वारा ढुंगामुढा
काठमाडौं । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीमाथि तस्करहरूले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा ढुंगामुढा गरेका छन्।
अवैध रुपमा चिनी ल्याएर भण्डारण गरी राखेको सूचनाका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझाना पुगेको संयुक्त टोलीमाथि उनीहरुले आक्रमण गरेका हुन्।
सो क्रममा संयुक्त टोलीले ११२ बोरा चिनी बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवल लैजाने क्रममा स्थानीयको सहयोगमा तस्करहरूले बाटो अवरुद्ध गरी ढुंगामुढा समेत प्रहार गरेका थिए। ढुंगामुढाबाट दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् भने गाडीमा समेत क्षति पुगेको छ।
रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भिडलाई तितरवितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ।
Comments
अरु समाचार
-
सिरियाली युद्धका कारण एक हप्तामा दुई लाख ८० हजार विस्थापित
काठमाडौं । सिरियामा जारी द्वन्द्वका कारण एक साताको अवधिमा करिब दुई लाख ८० हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार...
-
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने निर्णय गरेको छ...
-
रोहितको कप्तानी पारिमा लुम्बिनीले पोखरालाई दियो १७१ रनको विजय लक्ष्य
काठमाडौं । कप्तान रोहित पौडेलको ९५ रनको मदतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य...
-
चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि
काठमाडौं । सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान ५ बजे मासु पसलमा आइपुग्छन् । उनको दैनिकी खसी काट्ने र...
-
कृषि मन्त्रालयले लगायो ३ विषादीमा प्रतिबन्ध
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३ वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
न्युजिल्याण्डको हिमालमा बेपत्ता भएका तीन आरोहीको मृत्यु
काठमाडौं । न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ।...
-
न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणाली उपयुक्त छ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयलाई पारदर्शी र विश्वसनीय बनाउन गोला प्रणालीबाट पेसी व्यवस्थापन गरिएको बताएका छन् । सर्वोच्च अदालतमा...
-
चितवन राइनोज विरुद्ध कर्णाली याक्सको संघर्षपूर्ण जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले संघर्षपूर्ण जित निकालेको छ । आजा टियु स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको...