प्रसूतिका क्रममा गर्भवतीको मृत्यु
काठमाडौं । दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका १ आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मङ्गलबार राति मृत्यु भएको हो ।
घरबाट दुई किलोमिटर दूरीमा रहेको शिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको मृत्यु भएको स्थानीय शिक्षक वीरेन्द्रसिंह धामीले बताए। स्वास्थ्य चौकी पुर्याउँदा उहाँलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकी थिइन्।
स्वास्थ्य चौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीले बताए । मृतक द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन्।
दार्चुलाको अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र राष्ट्रिय प्रसारणको विद्युत् सेवा नपुगेको पालिका हो ।
गाउँसम्म यातायातको पहुँच नभएकै कारण स्थानीय बासिन्दाले अनेकौँ समस्या भोग्नुपरेको स्थानीय बालकुमारी बोहराले बताए। सिकिस्त बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता छ ।
Comments
अरु समाचार
-
राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल आवश्यक छ: नेता श्रेष्ठ
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष...
-
गण्डकी पब्लिक बोर्डिङ स्कुलको ‘खेलकुद कार्यक्रम’ सम्पन्न
काठमाडौं । गण्डकी पब्लिक बोर्डिङ स्कुलले वार्षिक खेलकुद कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । काठमाडौंको म्हेँपिमा अवस्थित उक्त स्कुलले माघ २३...
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
काठमाडौं । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका...
-
प्रेस चौतारी कर्णाली अध्यक्षमा सिम्खडा निर्वाचित
काठमाडौं । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्षमा कालिकोटका प्रेमराज सिम्खडा निर्वाचित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रेस चौतारी...
-
बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते
काठमाडौं । बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । साँफे–मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका–१...
-
ट्रकले ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाईते
काठमाडौं । मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु भएको छ। शुक्रबार बेलुकी ७ः५० बजे मकवापुरको हेटौडा...
-
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका यो वर्ष पनि उत्कृष्ट
काठमाण्डौ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । छ वटा...
-
मोटरसाइकल चालक त्रिशूलीमा बेपत्ता, खोजी गर्न गोताखोर परिचालन
काठमाडौं । चितवन ईच्छाकामना गाउँपालिका–५ नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेको छ । आज बिहान ११ बजेर ५५ मिनेटको समयमा उक्त...
-
बाल विवाह सामाजिक समस्या: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । जस्ट राईट फर चिल्डेन...