लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
बुधबार राति ११ः२० बजेको समयमा मेचीनगर–६ स्थित मेचीपुलबाट भारतको पश्चिम बङ्गाल दार्जिलिङ प्रान्त थाना दुलालज्वतका ३० वर्षीय मोहम्मद अनवर हुसेन, भद्रपुर नगरपालिका–३ नयाँ बस्तीकी ४५ वर्षीया सविता भन्ने दोमासी राजवंशी र अर्जुनधारा नगरपालिका–८ का ३४ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतीय नागरिक हुसेन यसअघि पनि विभिन्न लागुऔषध कारोबारसम्बन्धी मुद्दामा संलग्न रहेको पाइएको प्रवक्ता चन्दले बताए । प्रहरीले उनीहरुको साथबाट ब्राउनसुगरसहित नगद रू २० हजारसमेत बरामद गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
बुधबार साँझ मात्रै बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको थियो । बिर्तामोड नगरपालिका–५ का प्रकाश राजवंशीको घरमा प्रतिबन्धित लागुऔषध बेचबिखन भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड–५ का २५ वर्षीय प्रकाश राजवंशी, ३२ वर्षीय रतन राजवंशी, बिर्तामोड–१ का २१ वर्षीय करण धिमाल र इलाम एकतप्पा गाउँपालिका–७ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएका २१ वर्षीय आषिश लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट पनि ब्राउन सुगर प्लास्टिकसहित तीन ग्राम नौ सय ८० मिलिग्राम र प्लास्टिक बाहेक चार सय २० मिलिग्राम फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
त्यसैगरी दमकबाट प्रहरीले बुधबार नै प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका–६ स्थित सडकमा दमक–२ का २३ वर्षीय सुसन बञ्जरालाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शङ्का लागी जाँच गर्दा उनको साथबाट ट्रामोल–५० लेखिएको दुई सय क्याप्सुल र स्पास्पान लेखिएको दुई सय थान ट्याब्लेट फेला परेकाले प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफल आवश्यक छ: नेता श्रेष्ठ
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष...
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
काठमाडौं । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका...
-
बाल विवाह सामाजिक समस्या: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । जस्ट राईट फर चिल्डेन...
-
केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान
काठमाडौं । केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको छ। सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय...
-
आज अन्तर्राष्ट्रिय दाल दिवस
काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा दिवस पनि आजै परेको छ । पोषणको मुख्य स्रोत मानिने...
-
वराहक्षेत्रमा जङ्गली हात्तीको आतङ्क
काठमाडौं । जङ्गली हात्तीले वराहक्षेत्र २ स्थित किसान अवीरमान भुजेलको घरमा रहेको अन्नपात खाएर र छरेर नष्ट गरेको छ ।...
-
इलाममा कुटपिटबाट एकजनाको मृत्यु
काठमाडौं । इलाममा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–९, गोल बस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले...
-
एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चको बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौं । नेकपा एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चको वृहत बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । माघ १९ गते शनिबार...
-
अनेरास्ववियुको आगामी महाधिवेशन जेठमा गर्ने
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा...