विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा विद्युतीय व्यापार विधेयक सम्बन्धी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन पेश भएको छ ।
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभयो ।
यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चाैरसियाले कानून न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको विधायन विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो ।
यस अघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विकास निर्माणका कामलाई तीव्रता दिन तथा किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकको शून्य समयमा बोल्दै सांसदहरूले हेटौडा सिमेन्ट उद्योगको सञ्चालनमा देखिएको समस्या समाधान गर्न तत्काल ध्यान दिन, सहकारी पीडितको बचत रकम फिर्ता गरी समस्याको स्थायी समाधान खोज्न, काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन वैकल्पिक सडक तथा फ्लाईओभरहरु निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बैठकमा सांसदहरूले शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई सरल र सहज बनाउन, सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल पाल्पा सडक खण्ड सहित सडक दुर्घटनाको जोखिम रहेका सडक खण्डहरूको स्तर उन्नति गरी दुर्घटना न्यूनीकरणका लागि ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभाको आर्को बैठक माघ २७ गते आइतबार दिउँसो १ बजे बस्ने छ ।
Comments
अरु समाचार
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...
-
न्यायालयमा ४० वर्ष बिताएका संखुवासभाका भण्डारी ‘सम्पत्ति छानबिन आयोग’ को संयोजक
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोगको संयोजकमा संखुवासभा स्थायी घर भएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई चयन गरेको छ...
-
यी हुन् पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...












