कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाएका छन्। अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरसन फर गभर्मेन्ट इम्प्ल्वाइमेन्टले विरोध जनाएपछि शुक्रबार न्यायाधीशले यो निर्णय लिएका हुन्।
शुक्रबार रातिदेखि यो निर्णय लागु हुने भनिएको थियो। यसमा कर्मचारी युनियनले न्यायालयमा उजुरी गरेपछि रोक लगाइएको न्यायाधीश कार्ल निकोलासले बताएका हुन्। उनीहरूलाई लागि सुविधासहित बिदा गर्ने ट्रम्पको निर्णय लागु हुनु भन्दा केही घण्टा अघि यसमा न्यायाधीशले अस्थायी रोक लगाएका हुन्।
अमेरिकाको मुख्य वैदेशिक विकासको काम गर्ने युएसएडमा १० हजार कर्मचारी कार्यरत छन्। यसमा दुई तिहाइ विदेशमा काम गर्छन्। युएसएड अमेरिकाले बजेट कटौती गर्न चाहेको धेरै क्षेत्र मध्यको एक हो। एलन मस्कले नेतृत्वमा गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसेन्सी (डोग)ले यसलाई रोक्न लागेको छ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीको आईजीपीमा नियुक्त दीपक थापा को हुन् ?
काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई...
-
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
आजको राशिफल : २०८१ चैत ४ गते साेमवार
मेष मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय...
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...