ताजा समाचार

हिमालय एयरलाइन्सले पोखराबाट ल्हासा उडान गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बुधबार पोखरा ल्हासा उडान गर्ने घोषणा गरेको हो ।

यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको जनाएको छ । कम्पनीले आगामी मार्च देखि सिधा उडान गर्ने जानकारी दिएको छ ।

यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो नियमित उडान हुनेछ । यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । तर पनि अन्तर्राष्ट्रिय तर्फ नियमित उडान हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org