ताजा समाचार

लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् ।

प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बिहान साँढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने गरि बैठक बस्ने कार्यसूची तयार भएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा आयोजना हुने सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org