केआइआइटी विश्वविद्यालयबाट निकालिएका विद्यार्थी वीरगञ्ज नाका हुँदै नेपाल फिर्ता
काठमाडौं । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट निकालिएका १ सय ५६ नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै घर फर्किएका छन् ।
बुधबार बिहान २ बजेदेखि बिहीबार आज बिहान १० बजेसम्म १ सय ५६ जना नेपाली विद्यार्थी वीरगञ्ज नाका हुँदै स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
भुवनेश्वरबाट रेल तथा सडकमार्ग हुँदै रक्सौल आइपुगेका ती विद्यार्थी वीरगञ्जको इनर्वा र अलौं नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । इनर्वा नाका हुँदै १ सय ५३ जना र अलौं नाका हुँदै ३ जना गरी जम्मा १ सय ५६ जना विद्यार्थी नेपाल फर्किएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । तीमध्ये २७ छात्रा र १२९ छात्र रहेका छन् ।
फर्किएका विद्यार्थीहरूमध्ये अधिकांश पर्सा, बारा र रौतहट जिल्लाका रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज नाका हुँदै आइपुगेका उनीहरूलाई प्रहरीले वीरगञ्ज महानगरपालिका र साउथजोन माविको सहकार्यमा गाडीको व्यवस्था गरी घर पठाएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो । टाढा घर भएका विद्यार्थीहरूलाई प्रहरीले समेत सहयोग गरेर गाडीमार्फत गन्तव्यसम्म पुर्याइएको छ भने केहीलाई आफन्तले नै लिन आएका थिए ।
वीरगञ्ज महानगरपालिका बडा नम्बर–१५ ब्रह्मचोकका छात्र पिन्टु यादवका अनुसार केआइआइटी विश्वविद्यालयमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । बिटेक सिभिल दोस्रो सेमेस्टरमा अध्ययनरत यादवले आफ्नै सहपाठीको शङ्कास्पद मृत्यु भएपछि घटनाको छानबिनको माग गर्दा प्रशासनले आफूहरू माथि गुण्डा परिचालन गरी निर्घात कुटपिट गराएको बताउनुभयो ।
आन्दोलनका क्रममा आफूहरू माथी कुटपिट मात्र नगरी राति होस्टेलमै गुण्डा पठाएर कलेज प्रशासनले तत्कालै होस्टेल खाली गर्न धम्की दिएको र ज्यान असुरक्षित भएपछि रातारात कलेज छाडेर निस्कन बाध्य भएको यादवले बताउनुभयो ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आउँदो १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । हिजो बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
-
केही केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाण्डौ । आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र...
-
वीरगञ्ज भन्सारले संकलन गर्यो एक खर्ब नौ अर्ब राजस्व
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन...
-
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको...
-
होलीमा दुई पक्ष बीच वादविवाद हुँदा १ राउण्ड हवाई फायर
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता र स्थानीय पशुराम गिरीसँग वादविवाद हुँदा...
-
रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क (रूसी...
-
चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने...
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ
काठमाडौं । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ लिएका छन् । हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय...
-
टिपरले ठक्कर दिँदा १ जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार बिहान भएको मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ । बिहाना...