लमजुङमा भूकम्पको धक्का महसुस
काठमाडौं । लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।
मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
मर्स्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो । भूकम्पको झड्काले झसङ्ग बनाएको स्थानीयवासीले बताएका छन्। यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक–पटक भूकम्प गएका छन् ।
यसअघि २०७८ जेठ ५ गते विहान लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दु भएर गएको ५.८ म्याग्निच्यूड स्केलको भूकम्पले मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र बेसीसहर नगरपालिकाका करिब एक हजार घर पूर्णरूपमा क्षति भएको थियो । सो भूकम्पले दुई हजार घर आंशिक क्षति भएको थियो ।
Comments
अरु समाचार
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
आजको राशिफल : २०८१ चैत ४ गते साेमवार
मेष मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय...
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...
-
जनआस्थाविरुद्ध मुद्धा हालेका विनोद चौधरीको फेरि लज्जास्पद हार
काठमाडौं । विवादास्पद अर्बपति व्यवसायी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले फेरि पनि जनआस्था प्रकाशन प्रालिसँग मुद्धा हारेका छन् ।...
-
जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो
काठमाडौं । जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘गौदान गरेको दृश्य’...