ताजा समाचार

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । गुल्मीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने । छ जना घाइते भएका छन् ।

गुल्मीको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । पर्वतको सेतीबेनी भन्ने ठाउँमा भएको बोलेरो दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि पाल्पाको मिसन अस्पताल लगिएको छ । दुर्घटना बिहान करिव ९ बजे भएको थियो । बोलेरो सडकबाट तल खोल्सामा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org