ताजा समाचार

पोखरामा कोटिहोम रोक्न खोज्दा तनाव, नगर प्रहरी र समर्थकहरूबीच झडप

पोखरामा कोटिहोम रोक्न खोज्दा तनाव, नगर प्रहरी र समर्थकहरूबीच झडप

काठमाडौं । पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ। पोखराको लेकसाइडमा कोटिहोमका लागि भूमिपूजन गर्न लागेको मानव सेवा फाउन्डेसनलाई महानगरले रोक्न खोजेपछि तनाव उत्पन्न भएको हो।

महानगरले अनुमति बिना भूमिपूजन गर्न लागेको भन्दै नगर प्रहरी परिचालन गरेको थियो। भूमिपूजनको क्रममा महानगरका नगर प्रहरी र मानव सेवा फाउन्डेसनका समर्थकहरूबीच झडप हुँदा केही व्यक्ति घाइते भएका छन्।

मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै परिस्थितिमा पनि कोटिहोम गर्ने अडान लिएका थिए। भूमिपूजन रोक्न महानगरले प्रयास गरेपछि भण्डारीका समर्थकहरू आक्रोशित बनेका थिए।

महानगरका अनुसार बिना स्वीकृति भूमिपूजन गर्न नदिने निर्णय गरिएको थियो। यस विषयमा थप छलफल गर्न पहल भइरहेको महानगर स्रोतले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org