लहानमा २ करोड २९ लाखको आधुनिक तरकारी बजार बन्ने
काठमाडौं । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले २ करोड २९ लाख ७४ हजार पाँच सय २० लागतमा बन्ने पक्की संरचनाको आज शिलान्यास गरेका छन् ।
जनसङ्ख्या र व्यपार व्यवसायका दृष्टिकोणले लहान मधेस प्रदेशकै तेस्रो स्थानमा पर्ने भएकाले यहाँका किसानका उत्पादनलाई व्यवस्थित गरी बजारीकरण गर्न आधुनिक संरचना निर्माण गर्न लागेका नगरप्रमुख चौधरीको भनाइ छ ।
“जनसङ्ख्या र व्यपार व्यवसायका हिसाबले वीरगञ्ज र जनकपुरपछि लहान मधेस प्रदेशकै ठूलो बजार हो । तत्कालीन सगरमाथा अञ्चलको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि लहान हो । यो ठाउँमा पहिलेदेखि अव्यवस्थित रूपमा हाट बजार चलिरहेकै थियो, यसलाई व्यवस्थित बनाउँन लागेका छौँ”, उनले भने, “बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै बन्ने सुविधासम्पन्न संरचनाले यहाँका किसान, बजारवासी सम्पूर्णलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।”
नगरप्रमुख चौधरीका अनुसार तीनवटा ‘ब्लक’ मा ८४ वटा सटरसहित दुई तले पक्की संरचना निर्माण हुनेछ । किसानलाई उत्पादन बिक्री गर्न सहज हुनेगरी स्टल उपलब्ध गराइने पनि उनले जानकारी दिए । हो विसं २०८३ असार २० गतेसम्म सम्पन्न गर्नेगरी निर्माणको ठेक्का सम्झौता भएको छ । लामो समयदेखि व्यवस्थित हाट बजार बनाउन प्रयास हुँदै आएको भए पनि यस पटक काम सुरू भएकाले यहाँका तरकारी व्यवसायीलाई उत्साहित तुल्याएको यहाँका हाटबजार समितिका अध्यक्ष राजकुमार साहले बताए ।
उनले भने, “करिब पाँच बिघा क्षेत्रफलमा यहाँ हटिया सञ्चालन हुँदै आएको छ । हप्तामा सोमबार र शुक्रबार दुई दिन लाग्ने हटियामा पचासौँ हजार मानिस हटिया भर्न आउने गर्दछन् । यस्तो व्यस्त हाट बजारलाई नगरपालिकाले व्यवस्थित संरचना बनाइदिने कार्यले यहाँका तरकारी व्यवसायिलाई उत्साहित बनाउने काम गरेको छ ।”
बढ्दो जनसङ्ख्याको चापसँगै व्यवस्थित बजारको अभावमा राजमार्ग किनारमै बाटोलाई छेकेर तरकारी बजार सञ्चालन समेत हुने गरेको थियो । आधुनिक बजारमा सेवा सुरू भएपछि दैनिक करोडौँको कारोबार हुने अपेक्षा व्यवसायीले गरेका छन् ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












