भोजपुर टक्सारस्थित विमानस्थलबाट उडान पुन सुचारु
काठमाडौं । तीन महिना बन्द भएको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए ।
उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ। वि.सं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ ।
पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए ।
निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले...
-
नेपाल र थाइल्याण्डबीच संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र थाइल्याण्डबीच संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आज थाइल्यान्डको औपचारिक...
-
भन्सार छलेर दुबईबाट ल्यापट भित्र्याउने ७ जना पक्राउ
काठमाडौंं । दुबईबाट फर्किने यात्रुलाई ल्यापटप ओसार्न लगाएर भन्सारछली गरेको अरोपमा न्युरोडका एक व्यापारीसहित ७ जना पक्राउ परेका छन्। न्युरोडको...
-
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालन
काठमाडौं । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...
-
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई...
-
सुनको मूल्यमा निरन्तर वृद्धि: तोलाको एक लाख ७९ हजार ७००
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बितेका चार दिनदेखि पहेँलो धातुको मोल...
-
थाइ नेपाली संघले म्यानमार भूकम्प पीडितका लागि सहयोग रकम जुटाउँदै
काठमाडौं । थाइ नेपाली संघ सेन्टर बोर्ड दुःख निवारण डिपार्टमेन्टले म्यानमार भूकम्प पीडितका लागि सहयोग संकलन गरिरहकेो छ । संघमार्फत...
-
निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो
काठमाण्डौ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू...
-
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको...