ताजा समाचार

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दा चाँदी भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

पछिल्लो समय लगातार उकालो लागेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org