ताजा समाचार

दुर्गा प्रसाईँ भारतबाट पक्राउ परे

काठमाडौं । गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईँ भारतबाट पक्राउ परेका छन् । राजजसंस्था पुनस्स्थापनाका लागि गठित जनआन्दोलन समितिका कमान्डर तोकिएका प्रसाईँ भारतको आसाममा पक्राउ परेका बुझिएको छ ।

उनलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल ल्याउँदै गरेको सुरक्षा उच्च स्रोतले केही सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

यता प्रसाईंको सचिवालयले उनले आत्मसमर्पण गरेको दाबी गरेको छ । दुर्गा प्रसाईं नामक फेसबुक एकाउन्टमा उनको सचिवालयले राखेको पोष्टमा भनिएको छ, ‘अहिले २ घन्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।’

प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।

 

थप विवरण प्राप्त हुन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org