ताजा समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार (आज) सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

गत वर्ष ३१ चैत्रमा सुन एक लाख ८६ हजार पुगेर रेकर्ड बनेको थियो। नयाँ वर्षमा केही घटे पनि आज फेरि सुन अहिलेसम्मकै सर्वाधिक पुगेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org