ताजा समाचार

‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा उत्पादित कतिपय वस्तुहरुको टर््ेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताए ।

नेपालको कानुनले बौद्धिक सम्पतीको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि उनको भनाइ थियो । ‘खासगरी यो विश्व बौद्धिक संगठनले तय गर्ने नारा र यस दिवसले विश्वभर आयोजना गर्ने कार्यक्रमले बौद्धिक सम्पती अधिकार र नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन गर्न सहयोग पुगेको म यहाँ राख्न चाहन्छु,’ अध्यक्ष ढकालले भने, ‘खास गरेर संगीतको रचनालाई प्राथमिकता दिएर यसको थिमनै यसरी गरेको हुनाले यस क्षेत्रमा लाग्ने सबै सरोकारवाला पक्षलाई बधाइ पनि दिन चाहन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org