ताजा समाचार

सरकारसँग शिक्षक महासंघको उधारो सम्झौता, शिक्षकहरुबाटै विरोध

काठमाडौं । सरकार र शिक्षक महांसघबीच बुधबार साँझ भएको सम्झौता उधारो सहमती भएको भन्दै शिक्षकहरुले विरोध गर्न सुरु गरेका छन् । गत महिनाको चैत २० गतेबाट काठमाडौंमा शिक्षा ऐन ल्याउनु पर्ने माग गर्दै करिब २९ दिनसम्म चलेको आन्दोलनका आन्दोलनरत शिक्षकहरु र सरकार बिच भएको सम्झौतामा आन्दोलनरत शिक्षकहरुबाट नै असन्तुष्टि व्यक्त हुन थालेको छ ।

हाताहाती शिक्षा ऐन भन्दै देशभरबाट लाखौंको संख्यामा शिक्षकहरु आन्दोलन गर्न काठमाडौं आएका थिए । तर सोचे जस्तो गरेर शिक्षा ऐन बिना नै उधारो सम्झौता गरेर शिक्षकहरु गाँउ फर्कनु परेपछि शिक्षकहरले बुधबार भएको नौ बुँदे सहमतीको विरोध जनाएका हुन् ।

त्यस्तै, नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति नै निकाले चर्को बिरोध जनाएका छन् । ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

आज बाट आन्दोलन सहिएको छ भने सरकारसँग भएको उधारो सम्झौता कार्यान्वयन हुन्छ कि हुँदैन् त्यसको निगरानी शिक्षक महासंघका नेताबाट हुनुपर्ने माग समेत शिक्षकहरुले राखेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org