सरकार ढाल्ने र राजा फर्काउनेहरु चाैथाइवालेको भ्रमणपछि जिल्ल !
काठमाडाैं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चाैथाइवालेले नेपाल भ्रमणबाट राजनीतिक आकासमा नयाँ तरङ्ग पैदा भएको छ ।
पछिल्लो समय भारतले नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा काम गर्न चाहेको भन्ने आरोपकाबीच चाैथाइवालेले यो भ्रमपूर्ण प्रचार भन्दै भारत नेपालको गणतन्त्र र संविधानकै पक्षमा रहेको प्रष्ट सन्देश दिएका हुन् ।
चाैथाइवालेले आफ्नो आन्तरिक मामलामा नेपालले आफै काम गरोस भन्ने चाहेको र कास्मिरको पहलगाममा भएको आतंकवादी हमलामा नेपालले भारतको पक्षमा बोलोस भन्ने चाहेको भेटघाटमा बताएको दाबी छ ।
चाैथाइवाले नेपाल आउँदा कतिपयले केपी ओली नेतृत्वको सरकार नै ढल्ने हल्ला चलिरहेको बेला उनले भारतको यस्तो कुनै आशय नरहेको प्रष्ट पारेको र सरकारबारेका विषयमा कुनै धारणा नरहेको बताएको स्रोतको दाबी छ ।
मुख्यतः चाैथाइवालेले पहलगाम प्रकरणमा नेपालले भारतको पक्ष लिने काम गरोस भन्ने नै रहेको सन्देश दिएका हुन् । नेपाल भ्रमणको क्रममा चाैथाईवालेले प्रधानमन्त्री ओली, प्रचण्ड, शेरबहादुर देउवादेखि विभिन्न दलका शीर्ष नेता र सरकारी अधिकारीलाई भेटेका थिए ।
चाैथाइवालेको भ्रमणले सरकर ढल्ने हल्लादेखि राजसंस्थाको विपक्षमा भारत रहेको प्रष्ट सन्देश दिएपछि धेरैलाई झड्का लागेको बताइन्छ ।
Comments
अरु समाचार
-
भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट, ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटबाट ९ जना नेपालीको ज्यान गएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास...
-
कांग्रेस विशेष महाधिवेशन : सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा...
-
रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य...
-
कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र...
-
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास...
-
विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको प्रतिवेदनमा के छ ?
काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।श्यामकुमार खड्काको अध्यक्षतामा...
-
ओलीसँग भिड्ने तयारी गर्दै बालेन, माघ ५ गते पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनको सचिवालयका एक सदस्यका...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
कांग्रेस विशेष महाधिवेशनः आज पनि प्रतिनिधिको नाम दर्ता जारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...











