नीति तथा कार्यक्रमः कांग्रेस एमालेको ह्वीप
काठमाडाैं । सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेस एमालेले ह्वीप जारी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालयले तय गरेको हो।
कांग्रेस एमालेले नीति तथा कार्यक्रमको पक्षमा उभिन अनिवार्य उपस्थितिका साथै ह्वीप जारी गरेका हुन् ।
यो पनिः प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले जवाफ दिँदै
‘नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ, नेकपा एमाले संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्विप जारी गरिएको छ।’, एमाले प्रमुख सचेतक महेश बर्ताैलाले जारी गरेको ह्वीपमा भनिएको छ । उसोतः आजै प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम समेत तय भएको छ ।
Comments
अरु समाचार
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम
काठमाडौँ। निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार...
-
भण्डारीले सिध्याए निर्वाचन आयोगको साख, अधिकारै नभएको न्यायाधीश नियुक्तिमा लगाम !
काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा संस्थापन पक्षको भनाइ राख्ने मौकासमेत नदिई एकोहोरो गगन थापा समूहलाई बैधानिकता दिएपछि विवादमा परेको...
-
निर्वाचन सुरक्षाका लागि आजदेखि फिल्डमा नेपाली सेना
काठमाडौं । आगामी निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्ने क्रममा आजदेखि नेपाली सेना परिचालन गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...











