तीनकुने घटनाको मातापिता को हुन् ? राजावादीलाई प्रधानमन्त्रीको प्रश्न !
काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्रको माग सहित गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेकोे हिंसात्क प्रर्दशनको जिम्मा कसैले नलिएको बताएका छन् ।
आज(आइतबार) बैशाख २८ गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पक्षधरलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘आह्वान कल्ले गरेको थियो चैत्र १५ गतेको ? त्यस वितण्डाको आयोजक को थियो ? अहिले कोही माईबाप नै निस्किँदैन त्यो दिनको घटनाको । बेवारिस !’, ओलीले भने, ‘जन्माउने को हो ? मातापिता को हुन् ? पत्तो छैन अहिले त ! तपाईं हो भन्दा ‘म त होइन’ भन्छ…तपाईं हो भन्दा म त होइन…। कोही पनि होइन भन्छ, सबै निर्दोष छ । के ती घर आफैँ दशा लागेर जले । के त्यो जडीबुटीको औषधी कारखाना दिक्क लागेर अब आफैँ जल्छु भनेर आत्मदाह गरेको हो त्यल्ले ? त्यत्रो गरेको छ त ! मान्छे को हो ?’
बैठकमा बोल्दै प्रधानमन्त्रीले चैत १५ गतेको हिंसात्मक प्रदर्शनबारे राजतन्त्र पुनःस्थापना पक्षधर सांसद्हरूलाई प्रश्न गरे । ओली संसद्मा सरकारका नीति तथा कार्यक्रममाथि सांसद्ले गरेका प्रश्नको जवाफ दिँदै यस विषयलाई पनि उठाएका हुन् ।
अकल्पनीय रुपमा आन्दोलनकारीहरु उग्र बनेर एकाएक हिंसात्मक बनेको उक्त आन्दोलनमा एक पत्रकार सहित दुईजनाको मृत्यू भएको थियो भने, धेरै प्रहरी तथा प्रर्दशनकारी घाईते हुनुका साथै विभिन्न संरचनामा तोडफोड, आगजनी, लुटपाट र चोरि भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












