ताजा समाचार

राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाको आजको बैठकले बहुमतले पारित गरेको छ।

आज बैशाख २८ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।

नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल सुरु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org