पत्रकार शिव भट्टराई भोजपुरेलाई सुन्दरहरैंचा उद्योग वाणिज्य संघले गर्यो सम्मान
विराटचोक । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभाको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई विशेष सम्मान गरिएको छ। पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गदै शनिबार (वैशाख २७ ) सुन्दरहरैंचा–१० स्थित बाघझोडा पर्यटकीय स्थलमा उहाँलाई सम्मान गरिएको हो ।
यसैबीच अपराध अनुसन्धानमा योगदान पुर्याएको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले केही महिनाअगाडि सुन्दरहरैंचा अपडेटका अध्यक्ष तथा सम्पादक भट्टराईलाई उच्च सम्मान गरेको थियो । यस्तै भट्टराई दर्जनौं संघसंस्था तथा कार्यालयहरुबाट पनि सम्मानित भइसक्नु भएको छ ।
उद्योग वाणिज्य संघको साधारणसभाको अवसरमा कृषि क्षेत्रको बिकासमा योगदान पुर्याउने मोहनलाल श्रेष्ठ ,खेल क्षेत्रमा दिपक भन्डारी लगायतलाई सम्मान गरिएको थियो । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा शनिवार सम्मानलगायतका कार्यक्रमसहित सुन्दरहरैंचा–१० स्थित बाघझोडा पर्यटकीय स्थलमा भव्यरूपमा सम्पन्न भएको थियो ।
साधारणसभाको प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी हुनुहुन्थ्यो । कार्यक्रममा उद्योग वाणिज्य संघ कोशीका उपाध्यक्ष भीम पौडेल, संघका पूर्वअध्यक्ष नवराज चापागाईं र भोला दुलाल विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।
स्थानीय उद्योग, व्यापार तथा पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै आयोजना गरिएको साधारण सभामा उद्योगा वाण्ज्यि संघका अन्य पदाधिकारी, व्यापारी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै संघको भावी योजना र रणनीतिबारे विस्तृत छलफल भएको थियो ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












