अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक छन्ः नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सबैजसो सूचक सकारात्मक भएको तथ्यांक सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको ९ महिनामा मूल्यवृद्धि ३.३९ प्रतिशतमा झरेको तथ्यांकमा उल्लेख छ । आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले बढेको छ भने रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब रुपैयाँले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १७ अर्ब ६३ करोड अमेरिकी डलर पुगेको छ । ९ महिनामा कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गएको असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । ९ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गएको वर्षको तुलनामा १० प्रतिशत बढी हो ।
यस्तै ९ महिनाको अवधिमा देशको चालू खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । गएको वर्षको यही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो । शोधनान्तर स्थितिको हिसाबले यो अवधिमा ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचत देखिएको छ ।
अघिल्लो वर्षको यही अवधिमा यो बचत ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति अर्थात औसत मूल्यवृद्धि ३.३९ प्रतिशतमा झरेको छ । गएको वर्षको यसै अवधिमा ४.६१ प्रतिशत मूल्यवृद्धि थियो । यस्तै चालु आर्थिक वर्षको ९ महिनामा सरकारको कुल खर्च ९ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।
Comments
अरु समाचार
-
नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन
मुस्ताङ । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य,...
-
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
‘सर्वे भवन्तु सुखिन:’- प्रधानमन्त्री शाहले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना...
-
आजदेखि नयाँ वर्ष २०८३ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । आजदेखि नयाँ वर्ष २०८३ साल सुरु भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा...
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...












