ताजा समाचार

लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा शोभायात्रा

काठमाडौं । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा कलश यात्रा निकालिएको छ ।

लुम्बिनीस्थित ५ नम्बर गेटबाट शुरु भएको कलश यात्रा मायादेवि मन्दिर, शान्ति दिप, केन्द्रिय नहरहुँदै अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेको छ ।

शोभा कलश यात्रामा बिभिन्न जातजातिको झाँकि सहितको प्रस्तुती रहेको छ । अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने २५६९ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गर्नु हुने कार्यक्रम छ । औपचारिक कार्यक्रम बिहान ९ बजेपछि शुरु हुने बताईएको छ ।

बुद्ध जयन्तीको अबसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाइएको छ । तीन दिनसम्म बिभिन्न कार्यक्रम गरि मनाईने बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई दुलही झैं सिँगारिएको छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरेर बिशेष रुपमा सरसफाई अभियान चलाएको थियो । जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org