विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा
काठमाडौं । विश्व क्रिकेट जगतका सर्वाधिक लोकपृय खेलाडी तथा भारतीय पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। केही दिनअघि अगाडि रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए।
त्यसयता विराटले पनि सन्न्यास लिनेबारेमा मनस्थिति बनाइरहेको समाचारहरु सार्वजनिक भएका थिए । विराटले आफूले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिन चाहेको बारेमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई जानकारी गराएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका थिए ।
भारतले इंग्ल्यान्डसँगको महत्त्वपूर्ण टेस्ट शृङ्खला खेल्दैछ। त्यस अगाडि नै विराटले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका हुन् । तर बोर्डले भने विराटलाई पुनर्विचार गर्न आग्रह गरेको थियो ।
कोहलीको सम्भावित सन्यासले भारतीय टेस्ट टोलीमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ, किनकि उनी भारतका सर्वाधिक सफल टेस्ट कप्तान हुन्। उनले २०१४ देखि २०२२ सम्म टेस्ट टोलीको नेतृत्व गरेका थिए र ६८ म्याचमा ४० जित हासिल गरेका थिए।
विराट कोहलीले सन् २०११ मा भारतका लागि टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। हालसम्म उनले १२३ खेल खेलिसकेका छन्। जसमा १२३० रन बनाएका छन्।
यसअघि नै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। गत जुनमा विश्वकप जिते पश्चात् कप्तान रोहित शर्मा र विराट कोहलीले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।
इंग्ल्यान्डविरुद्धको आगामी शृंखलालाई मध्यनजर गर्दै बीसीसीआईले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। रोहितको अनुपस्थितिमा कोहलीको अनुभव र ब्याटिङ क्षमता टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना कारबाहीको दायरामा
महेन्द्रनगर । गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ । गत...
-
सेयर बजारमा सोमबारदेखि नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुँदै
काठमाडौं । सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुने भएको छ । नेप्सेले हालको कारोबार सञ्चालक विनियमावली संशोधन...
-
फेसबुकमा अपलोड गरिएको भिडियोले ल्यायो १८ वर्षदेखि हराएको छोराको खबर
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको...
-
वैशाख कृष्ण औँसी : मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख...
-
पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल...
-
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन...
-
विद्युतीय भुक्तानी कार्डमा राष्ट्र बैंकको कडाई, एकीकृत निर्देशन २०८२ जारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै विद्युतीय भुक्तानी कार्ड सञ्चालनमा थप स्पष्टता र...
-
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ ।...












