ताजा समाचार

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । पछिल्ला दिनहरुमा लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि घटेको छ । सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो

आज तोलामा रु दुई हजारले घटेको र चाँदीमा प्रतितोला रु १० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।

शुक्रबार प्रतितोला सुन रु एक लाख ८६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org