ताजा समाचार

काठमाडाैंको मखनटोलमा आगलागी, एक महिलाको गयो ज्यान

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

घरको तेश्रो तलामा ग्यास लिक भई आगलागी हुँदा एक महिलाको निधन भएको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए । मृतक महिलाको सनाखत हुन भने बाँकी छ ।

सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो । अहिले आगो नियन्त्रणका लागि प्रहरी, सेना लगायतको दमकले काम गरिरहेको बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org