संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ ।
राष्ट्रपति शाशन कालमा अत्यन्त साधारण जीवनशैली अपनाएकै कारण उनलाई ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भन्ने गरिएको थियो ।
पूर्वराष्ट्रपति ‘पेप’(उनलाई पेपे पनि भन्थ्यिो)को निधनको कारण भने अझै खुलिसकेको छैन । यद्यपि उनी खाद्य नलीको क्यान्सरबाट पीडित थिए ।
उरुग्वेका वर्तमान राष्ट्रपति यामाण्डु ओरसीले पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको जानकारी दिँदै एक्समा लेखेका छन्,
‘तपाईंले हामीलाई जे दिनु भएको छ, त्यसका लागि र जनतामा अगाध प्रेमका लागि धन्यवाद ।’
को हुन् होसे मुहिका ?
उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए । राष्ट्रपति बनेपछि पनि मुहिका सन् २०१५ मा उरुग्वेको संसदको सिनेटर बनेका थिए ।
तर कार्यकाल सकिनुभन्दा अगाडि नै उनले पदबाट राजीनामा दिएका थिए । त्यतिबेला ८३ वर्षका मुहिकाले भनेका थिए– मैले आफ्नो कार्यकाल पूरा गर्न सक्दिनँ । किनकि यो लामो यात्रामा म थाकिसकेको छु ।
सिनेटको अध्यक्ष एवम् उपराष्ट्रपति लुसिया तोपोलान्स्कीलाई उनले आफ्नो राजीनामा पत्र पुयाएका थिए । लुसिया मुहिकाकी श्रीमती हुन् ।
उक्त पत्रमा राजीनामा दिनुको कारण ‘व्यक्तिगत’ लेखिएको थियो । राजनीतिबाट रिटायर्ड भएपछि उनले पेन्सन लिन समेत इन्कार गरे । पदमा रहँदा पनि उनले आफ्नो सबै पारिश्रमिक दान गरेका थिए ।
मुहिका राष्ट्रपति बनेपछि विशाल भवनमा बस्न अस्वीकार गरेका थिए । उनी आफ्नी पत्नीसँग राजधानी मोन्टेविडियोको बाहिरी इलाकाको एक फार्म हाउसमा बसेका थिए । यी दुवै पति–पत्नी विद्रोही ग्रुपका सदस्य समेत थिए ।
राष्ट्रपतिको पदमा रहुन्जेलसम्म उनले आफ्नो अधिकांश तलब दान गरेका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग सम्पत्तिको नाममा केबल १९८७ फोक्सवागन भिटल कार थियो ।
हल्का नीलो रंगको उक्त कार निकै प्रसिद्ध थियो । सन् २०१४ मा एक व्यक्तिले १० लाख डलरमा उक्त कार किन्न खोजेका थिए तर मुहिकाले बेच्न मानेनन् । त्यतिबेला उनले ‘मैले यो कार बेचें भने मेरो कुकुरलाई घुमाउन लैजान पाउँदैन’ भनेका थिए ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












