सीप मेलाको नाममा बालेनको ब्रह्मलुट, शैलेन्द्र आतंकदेखि एसीकाण्डसम्म के भयो ?
काठमाडाैं महानगरपालिका वेथिति
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सीप मेलाको नाममा भ्रष्टाचारलाई बढावा दिन थालेको आरोप लागेको छ । सीप मेलाको नाममा कोटेशनमार्फत लाखाैं रकम झ्वाम पार्ने षडयन्त्र खुलेआम चल्न थालेको छ । काठमाडाैं महानगरका मेयर बेलेन्द्र साह ‘बालेन’का सल्लाहकारले मेयरको निर्देशनमा अनियमितताको डंगुर छ्यापछ्याप पार्न थालेका हुन् ।
अघिल्लो वर्ष सामाजिक विकास विभागले सीप मेलाको आयोजना गरेको थियो । सीप मेलामार्फत गएको वर्ष २०८१ जनालाई सहभागी गराएर टुडिखेलमा हल्लाखल्ला गरिएको थियो । तर, त्यसबाट कुनै उपलब्धि हासिल हुन नसकेको चर्चा काठमाडाैं महानगरभित्रै चल्ने गरेको छ।
महानगरपालिकाका मेयर बालेनले सहरी विकास विज्ञ सल्लाहकार शैलेन्द्र झामार्फत फेरि तीन दिनको समय राखेर सीप मेलाको आवेदन माग गराएका छन् । शुक्रबार मध्यरातमा सार्वजनिक भएको सूचनाअनुसार आइतबारसम्म फारम भरिसक्नुपर्नेछ । तीन दिनको समयसीमामा कसले आवेदन दिन्छन? के का लागि फास्ट ट्र्याकमा जान खोजिएको छ ? प्रश्नहरु छरपष्ट छन् ।
यो पनिः श्रीमति र छोरीको विश्वास नहुँदा बालेनको जापान भ्रमण रद्द, सल्लाहकार महालेखा र अख्तियारको नजरमा !
असार मसान्त आउनै लागेकाले बजेट दुरुपयोग गर्ने योजनाअनुसार छोटो बाटो प्रयोग गरिएको स्रोतको दाबी छ । बजेट फ्रिज हुन नदिने र अनियमिततालाई ढाकछेप गर्न सजिलो उपाय अपनाउनका लागि महानगरमा सल्लाहकार आतंक शुरु भएको हो । जसमा बालेनको सोझो समर्थन र दृढ साथ रहेको स्रोतको दाबी छ ।
‘सीप मेलाको नाममा भ्रष्टाचार गर्ने काम चलरहेको छ । गतवर्ष तामझाम गरिएको मेलाबाट को कस्तो ठाउँमा रोजगारीको अवसर पाउनेमा छन? कतै केहि देखिन्न । सहरी योजना आयोगले सीप मेलाको आयोजना गर्नु नै बडो अचम्मको विषय हो । महानगरपालिका वेथितिको चाङमा चुर्लुम्मै छ । समय आएपछि सबै कुरा सार्वजनिक हुँदै जालान ।’ महानगरका एक कर्मचारीले न्यूज नेपालसंग भने ।
सम्बन्धित समाचार शीर्षकः डिजिटल बोर्ड नहटाउन काठमाडौं महानगरलाई अदालतको आदेश
‘सार्वजनिक खर्चसम्बन्धि कुनै पनि मापदण्डलाई कसरी खण्डित गर्ने, छल्ने ? त्यो काठमाडाैं महानगरबाट सिक्दा हुने भयो । ५ लाखभन्दा माथिका योजना बिडिङमार्फत जानुपर्ने कानूनी प्रावधान छ । तर, महानगरले करोडाैं बजेट खर्च कोटेशनमै गर्छ । योजना टुक्रा-टुक्रा पारेर भ्रष्टाचार भइरहेको छ । यसको पछाडी मेयरका सल्लाहकारको भूमिका गज्जबको छ । अख्तियार, नियामक निकायले अनुसन्धान गर्दा सबै खुलिहाल्छ ।’ एक जनप्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा न्यूज नेपाललाई भने ।
को हुन शैलेन्द्र झा ?
शैलेन्द्र झा मेयर बालेनले सहरी विकास विज्ञ सल्लाहकारमा नियुक्त सामान्य सल्लाहकारमात्रै हुन् । तर, उनले महानगरका धेरै विभागलाई प्रभावित पार्ने गरेका छन् । यसअघि टिच फर नेपाल नामक संस्थामा काम गर्ने झा पेशाले इन्जिनियर हुन भने उनी त्यो संस्थाबाट आर्थिक अनियमितताको आरोपमा निश्काषनमा परेका थिए । अहिले बालेनको विज्ञ सल्लाहकारको रुपमा अवैध कामलाई वैध बनाउनेमा उनी सक्रिय देखिन्छन् ।
शैलेन्द्रका कर्तुत कस्ता ?
सहरी विकास विज्ञ शैलेन्द्र झाले सीप मेलाको आयोजना गर्ने चाँजो मिलाएका हुन् । कानूनतः यस्तो काम सामाजिक विकास विभागले गर्नुपर्ने हुन्छ । तर, बालेनको आशिर्वादकै कारण सहरी विकास विभागले सीप मेलाको आयोजना गरेको छ । उसोतः दुबै विभागमा झाको ठाडो हस्तक्षेप हुने गरेको स्रोतको दाबी छ।

भ्रष्टाचारको अर्को रुप एसी काण्ड र डिजिटल बोर्ड
काठमाडाैं महानगर भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुबेकोमा शंका रहेन् । अख्तियारले समेत केहि विषयमा अनुसन्धान गरिरहेको बेला काठमाडाैं महानगरपालिकाले सामूदायिक शिक्षा उकास्ने नाममा गरेको भ्रष्टाचारदेखि गर्मी छल्न चिसो बनाउने काममा समेत वेथिति उदाङ्गिएको देखिन्छ ।
हरेक विद्यालयलाई डिजिटल माध्यममा लैजान भन्दै डिजिटल बोर्ड बाँड्न १ करोड २० लाख रकम खर्चिएपनि ती बोर्ड महानगरपालिकामै थन्किएका छन् ।
माैखिक आदेशमा खरिद गर्दा भुक्तानी हुन सकेको छैन् । पहिले सामान किन्ने अनि कर्मचारीलाई दबाब दिएर भुक्तानी गर्न लगाउने बालेन शैलीका कारण डिजिटल बोर्डमा धुलो जम्न थालेको महानगर स्रोतको दाबी छ । उसोतः महानगरले खरिद गरेको एयर कन्डिसनर (एसी) समेत ठेकेदारले धमाधम निकाल्न थालेका छन् । पहिले सामान, पछि भुक्तानीको मोडलमा जोडिएका एसी ठेकेदारले भुक्तानी नपाएपछि निकाल्न थालेका हुन् । यी सबै काण्डमा शैलेन्द्रसहित बालेनका सल्लाहकारहरुको प्रत्यक्ष भूमिका रहेको स्रोतको दाबी छ ।
‘कर्मचारीलाई यस्ता भुक्तानीमा दबाब दिने । भुक्तानी नदिए कारबाहीको चेतावनी दिने र नभए कुनै न कुनै काण्डमा फसाएर बिल्लीबाठ पार्ने बालेनको पुरानै शैली हो । यसमा को बलिको बोको बन्ने हो । चिन्ता लाग्छ ।’ एक उच्च अधिकारीले न्यूज नेपाललाई दुख पोखे ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












