ज्याम्च्याङ भोटेले गरे सगरमाथाको नौं पटक सफल आरोहण, जलवायु परिर्वतन र पर्यावरण संरक्षणमा नयाँ सन्देश प्रवाह !
“Grow Greenery, Save the Earth” भन्ने सन्देश समेटिएको झण्डा सगरमाथामा !
काठमाडौं । नेपालका प्रसिद्ध पर्वतारोही ज्याम्च्याङ भोटेले सगरमाथाको नौं पटक सफल आरोहण गर्नुभएको छ ।
२०८२ साल जेठ ५ गते सोमबार (१९ मे २०२५) का दिने विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल हुनुभएको हो । यो उहाँको नवौं सगरमाथा सफल आरोहण हो, जसले भोटेलाई विश्वभरिको पर्वतारोहण क्षेत्रमा एक सक्षम र अनुभवी पर्वतारोहीको रूपमा स्थापित गराएको छ ।
त्यस्तै, यस ऐतिहासिक आरोहणका क्रममा उहाँले CK Research and Greenery Promotion Pvt. Ltd. को तर्फबाट “Grow Greenery, Save the Earth” भन्ने पर्यावरणीय सन्देश समेटिएको झण्डा सगरमाथाको शिखरमा पुयाएर वातावरण संरक्षणको सन्देश विश्वभर प्रवाह गर्नु भएको छ ।
मुख्य रुपमा “वन पुनःस्थापना र हरियाली प्रवर्द्धन हाम्रो अभियान” भन्ने नारालाई आत्मसात गर्दै उहाँले संसारभरिका आरोही तथा पर्यावरणप्रेमीहरूलाई हरित भविष्य निर्माणतर्फ प्रेरित गर्न सन्देशमूलक झण्डा फहराउनु भएको हो ।
वन, वातारण, प्राकृतीक सम्पदा तथा पर्यावरणको संरक्षण,संर्वद्धन गर्ने उदेश्यले स्थापना गरएको सीके रीसर्च एण्ड ग्रीनरी प्रमोसन प्रा.लीले स्थापनाकाल बाट नै यस क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।
सगरमाथामा झण्डा फहराउनाले जलवायु परिवर्तन, वनजंगलको संरक्षण र हरियाली प्रवर्द्धनका साथै जनचेतना अभिवृद्धिमा टेवा पुयाउने विश्वास प्रा.लीका अध्यक्ष छिन्डुम मेनक्पा भोटेले गरेका छन् ।
नेपाल र विश्व पर्वतारोहण जगतमा ज्याम्च्याङ भोटे एक प्रतिष्ठित पर्वतारोहीका रूपमा परिचीत हुनुहुन्छ । उहाँको यो उपलब्धिले नेपालको गौरव बढाउनुका साथै वातावरणीय चेतनाको क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको विश्वास व्यक्त गरिएको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












