चीन भ्रमणमा निस्किदै पूर्वराष्ट्रपति भण्डारी, को-को छन भ्रमण दलमा ?
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन भ्रमण निस्किदैछिन् । भण्डारीको चीन भ्रमणको क्रममा उच्चस्तरिय राजनीतिक भेटवार्ता हुने बताइएको छ ।
उच्चस्तरीय भ्रमण तालिका र भेटवारेका सूचना सार्वजनिक नगर्ने चिनियाँ प्रचलनका कारण पूर्वराष्ट्रपति भण्डारीले को-को संग भेट्ने कार्यक्रम छ भन्नेबारेमा चिनियाँ दूतावासले जानकारी दिन अस्वीकार गरेको छ।
भण्डारीले चीनमा राष्ट्रपति सीन जिन पिङसंग समेत भेट्ने सम्भावना रहेको स्रोतको दाबी छ । तर, चिनियाँ उपराष्ट्रपति लगायतसंग भने भेटवार्ता तय भइसकेको दाबी गरिएको छ ।
यो पनिः पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रहमा पारिवारिक भ्रमण रोकेकी पूर्वराष्ट्रपति विद्यादेवी चीन जाँदै
चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम भने सोमबार विहान आयोजना गरिने तालिकामा उल्लेख छ ।
शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।
भण्डारीको भ्रमणबारे न्यूज नेपालले यसअघि नै समाचार सार्वजनिक गर्दै चीन जाने नेताहरुबारे खुलासा गरिसकेको थियो । सोहिअनुसार नै भण्डारीको भ्रमण हुन लागेको छ ।
भण्डारीसंग को-को जाँदैछन् चीन ?
१. रघुवीर महासेठ, विदेश विभाग प्रमुख, नेकपा एमाले
२. दामोदर भण्डारी, मन्त्री– उद्योग, बाणिज्य तथा आपुर्ति
३. कर्णबहादुर थापा, स्थायी कमिटी सदस्य, नेकपा एमाले
४. गोमा देवकोटा, केन्द्रीय सल्लाहकार, नेकपा एमाले
५. देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा सदस्य
६. कैलाशकुमार भण्डारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन
७. भेषराज अधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन
८. विनय केसी, केन्द्रीय कार्यकारिणी सदस्य, मदन भण्डारी फाउण्डेशन
९. महेन्द्र विष्ट, कार्यकारी अध्यक्ष, सार्वजनिक सेवा प्रशारण (पिएसबी)
१०. राजेश प्रसाईं, पूर्वरजिष्ट्रार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
११. कल्याणराज शर्मा, महासचिव, फ्रेण्ड अफ स्किल रोड क्लब नेपाल
१२. टेकबहादुर खड्का, क्यामेरा पर्सन, नेपाल टेलिभिजन
१३. मधु शाही, क्याप्टेन, नेपाली सेना
१४. सरस्वती जिरेल, निजी सुरक्षा
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












