कांग्रेस पदाधिकारी बैठक आज, भिजिट भिसा प्रकरणलगायतमा छलफल हुने
काठमाडौं। क्रियाशील सदस्यता टुंगो लगाउन आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन । आज बिहान ९ः बजे बस्ने गरी बूढानीलकण्ठस्थित देउवानिवासमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।
क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ । अर्कातिर केही दिनयता गृहमन्त्री रमेश लेखक भिजिट भिसा सेटिङ प्रकरणमा चर्को विवादमा परेका छन् । आफैंले विमानस्थल अध्यागमन कार्यालयमा खटाएका कर्मचारीले भिजिट भिसामा जानेबाट दैनिक ५० लाख भन्दा बढी उठाएको आरोप लागेको छ।
उक्त रकम गृहमन्त्रीको सचिवालयसम्मै आउने गरेको कुरा सार्वजनिक भइरहेपछि लेखकले शनिबार खण्डन गरेका थिए । उनले उक्त प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीति नै छाड्ने बताएका थिए । पदाधिकारी बैठकमा लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे पनि छलफल हुन सक्नेछ । यद्यपि लेखक सभापति देउवा र परराष्ट्रमन्त्री आरजु देउवानिकट भएका कारण कांग्रेसले यस विषयलाई सामसुम पार्न सक्ने सम्भावना पनि छ ।
Comments
अरु समाचार
-
भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट, ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटबाट ९ जना नेपालीको ज्यान गएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास...
-
कांग्रेस विशेष महाधिवेशन : सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा...
-
रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य...
-
कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र...
-
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास...
-
विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको प्रतिवेदनमा के छ ?
काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।श्यामकुमार खड्काको अध्यक्षतामा...
-
ओलीसँग भिड्ने तयारी गर्दै बालेन, माघ ५ गते पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनको सचिवालयका एक सदस्यका...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
कांग्रेस विशेष महाधिवेशनः आज पनि प्रतिनिधिको नाम दर्ता जारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...











