युवा संघको नेतृत्व चयनका लागि आज मतदान: कसको प्यालनमा को–को छन् उम्मेदवार ?
काठमाडौं । पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशनअन्तर्गत नेतृत्वमा सर्वसम्मत् प्रयास विफल भएपछि चुनावी प्रक्रियामा गएको छ । तीनदिने महाधिवेशनको अन्तिम तथा तेस्रो दिन महाधिवेशनस्थल पोखरा सभागृहमा चुनावी प्रक्रियाको काम जारी छ ।
निर्वाचन समितिले मतदानको समय बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकेको छ । तर, उम्मेदवारको प्रारम्भिक सूची ढिला आएको र दाबीविरोध बाँकी रहेकाले मतदानको समय धकेलिने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र निवर्तमान महासचिव सुमन पुरीले प्यानलसहित उम्मेदवारी दिएका छन् । पार्टी नेतृत्वले क्षितिज थेवेलाई अघि सारेको भए पनि पुरी ब्याक नभएपछि निर्वाचन बाटै नेतृत्व चयन हुने भएको हो ।
कसको प्यानलमा को ?
निवर्तमान अध्यक्ष थेबेको पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ भने, खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सुमन पुरीको प्यानलमा उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा सचिवमा खुलातर्फ ध्रुव खड्का, अरुण कुँवर र महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चितरन्जन यादवले उम्मेदवारी दिएका छन् ।
भने, थेबेको पक्षबाट आयोग अध्यक्षहरूमा लेखा आयोगमा किसुन जैशी, निर्वाचन आयोग मदन गिरी, अनुसशान आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा तय भएका छन् ।
त्यस्तै, पुरीको प्यानलबाट आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल,लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषदको अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ ।
Comments
अरु समाचार
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० जना सांसदको नाम
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
मनकामना मन्दिरबाट फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै ज्यान गयो
गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको ज्यान गएको छ । शनिबार...












