ताजा समाचार

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स नेपाल आउँदै !

काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्।

पिटर्स यही जेठ १४ र १५ गते नेपालको भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ। त्यसैगरी, उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org